२०८१ माघ २५
९८५७६५०३३४, ९८५७६५००९३

मुस्काताङमा रहेका कालिगण्डकी नदी आसपासका बासिन्दालाई सुरक्षित र सर्तक रहन अपिल

 

जोमसोम: कालिगण्डकीको बाहब बढे संगै मुस्ताङका जनतालाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङ , वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाले आग्रह गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र, ४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बाहव अत्यधिक उच्च हुँदा कालिगण्डकी नदीको बहाव बढेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले जानकारी दिए। उनले नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भिषण बाढी आएको बताए।

घरपझोङ गापाका अध्यक्ष मोहन सिंह लालचनले पनि जोमसोम , पुथाङ एयरपोर्ट, स्याङ , मार्फा, छैरोका जनतालाई सर्तकता अपनाउन अपिल गरेका छन् । माथिल्लो भेगबाट खोला बढे लगतै लालचनले गाउँपालिका बासि सबैलाई सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले पनि कालिगण्डकी तटीय क्षेत्रका बस्तीहरुले उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। उनले कालिगण्डकीका शाखा नदीको बाहव उच्च भएकाले कालिगण्डकीको स्वरुप भयावह भईरहेकोले आवश्यक सुरक्षा अपनाउन अनुरोध गरेका छन् ।

यसअघि साउन २८ गते अविरल वर्षासँगै कालिगण्डकी नदीको बहाव उच्च भएको थियो।

प्रतिक्रिया दिनुहोस्