प्रबिन पाण्डे
त्रिभुवन विश्वविद्यालयको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) मा भर्ना खुलेको छ। त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले शुक्रवार एक सूचना प्रकाशित गर्दै भर्ना बारे जानकारी दिएको हो ।
२०८० सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुनु पर्नेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा सेमेस्टर प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार विज्ञँन तर्फ यस विषयको अध्यापन हुने गरेको छ । बीएससी सीएसआईटीमा भर्ना हुन चाहने विद्यार्थीले आधिकारिक वेबसाईट मा गएर आफैंले अनलाइन आवेदन दिनु पर्नेछ ।
प्रवेश परीक्षाका लागि आवेदन दिने वेब पेज भने यही ३२ साउन बिहान १० बजेदेखि मात्रै खुल्नेछ । त्यसपछि २६ भदौ भित्र प्रवेश परीक्षाका लागि आवेदन दिइसक्नु पर्ने संस्थानले जनाएको छ । यद्यपि दोब्बर दस्तुर तिरेर भदौ ३१ सम्म फाराम भर्न सकिनेछ । आवेदन दिने विद्यार्थीका लागि प्रवेश परीक्षा शुल्क १,८५० तोकिएको छ ।
प्रवेश परीक्षा हुने मिति, समय र परीक्षा केन्द्रको विषयमा भने अर्को सूचना मार्फत जानकारी दिइने बिश्वबिद्धालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्