२०८१ कार्तिक २७
९८५७६५०३३४, ९८५७६५००९३

ब्यापारको शिलशिलामा केदारनाथ पुगेको दर्जनौ नेपाली बेपत्ता

 

भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी दर्जन बढि नेपाली बेपता भयका छन् । उक्त पहिरोले गौरिकुण्डमा रहेको होटेल नै बगाउँदा सो होटेलमा रहेका दर्जनौ नेपालि बेपता भएका हुन। बेपत्ता हुनेहरुमा जुम्लाको पातारासी गाउपालिकाका धेरै जना नेपालि रहेका छन। गौरीकुण्डमा रहेको तिन ओटा होटल पहिरोले बगाएको थियो ।

केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको पातारासी गाउपालिकाका अध्यक्ष पॄर्रणसिङ बोहोराले बताए। सबै विवरण प्राप्त भएपछि बेपत्ता हुनेहरुको नाम सार्वजनिक गर्ने तयारी गाउपालिकाले गरिरहेको बताए।

बेपत्ता हुनेहरु ब्यापारिक सिलसिलामा केदारनाथ पुगेको थिए ।अहिले सम्म पातरासी वडा नम्बर २ र ३ का गरी ११ जनाको मात्र पहिचान खुलेको बोहोराले बताए। अझैं विस्तृत जानकारीको लागि सम्पर्क भैईरहेको पातारासी गाउपालिकाका अध्यक्ष पॄर्रणसिङ बोहोराले जानकारि दिए।

प्रतिक्रिया दिनुहोस्