२०८१ चैत्र १०
९८५७६५०३३४, ९८५७६५००९३

२१ दिनभित्र कार्यलय खालि गर्न राप्रपा र काठमाडौ महानगर बिच सहमति

बिना ढुङ्गाना

 धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यलय रहेको घर खालि गर्ने बिषयमा राप्रपा र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ। काठमाडौं महानगरले गत शुक्रबार ३ दिनको समय दिएर राप्रपा कार्यालय खालि गर्न आग्रह गरेको थियो ।

सोमवार अर्थात हिजो दिउसो उक्त भवनमा डोजर लगाउने महानगरको तयारी थियो । राप्रपाका नेता तथा कार्यकर्ताले कार्यलय तत्काल भत्काउन पाईंदैन भन्दै सडकमा गाडी तर्साएर बिरोधसमेत गरेका थिए । राप्रपाका नेता र नगरप्रहरि बिच केहि बेर चर्काचर्कि समेत परेको थियो। सोहि दिन जिल्ला प्रशासन कार्यलय काठमाडौंले राप्रपा र महानगरसंग उक्त बिषयमा छलफल गरेका थियो।

छलफलका क्रममा २१ दिनभित्र उक्त भवन राप्रपाले खालि गर्ने सहमति भएको हो। राप्रपा कार्यालय रहेको घरको नक्सापास नभएको कारण देखाउदै महानगरले सो संरचना हटाउने आदेश दिएको थियो । बिजुलीको हाईटेन्सन लाईनमुनि उक्त घर बनेकोले जोखिम हुने भन्दै महानगरले हटाउन आग्रह गरेको हो ।

राप्रपाले भने घर खालि गर्न ३५ दिन समय लाग्ने भन्दै सोमबार महानगरलाई लिखित पत्र नै बुझाएको थियो । २०६९ सालदेखि राप्रपाले धुम्बाराहीस्थित सो घरमा केन्द्रिय कार्यलय राखे पनि घर भने राप्रपाको नाममा नभएको र दान पाएको जग्गामा राप्रपाले घर बनाएको थियो । महानगरको अनुमतिबिनै राप्रपाको कार्यलय रहेको घर बनेको भन्दै भत्काउने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्