अजय नेपाली
श्रावण १३ गते २०८० । बडिगाड भिमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेलको हत्यामा संलग्न २ जना आमा छोरा पक्राउ परेका छन ।
सोमबार राती मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी पौडेलको बर्बरतापुर्ण रुपमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यलय बागलुङद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार होटल सञ्चालक सँगको विवादमा सञ्चालन र निजको छोराले पौडेलको टाउकोमा मरणासन्न हुनेगरी मुक्का हानेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुचना:
प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमै पुगि घटनामा संलग्न होटल सञ्चालक र निजको छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।
स्थलगत अनुसन्धान पश्चात् मंगलबार साँझ प्रहरी प्रमुखको टोलि सदरमुकाम फर्किएको र होटल आशा एण्ड खाजा घरका सञ्चालक बर्ष ५१ कि आशा कुँवर र निजको छोरा २० वर्षीय बिनोद कुँवरको प्रारम्भिक बयानबाट घटनाको यथार्थ बाहिर ल्याएको हो ।
मघ्यपहाडी लोकमार्गसँगै जोडिएको बडिगाड गाउँपालिका ६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति ८:०० बजे गएका पौडेलको ११:३० बजे आमाछोराले बर्बरतापुर्ण रुपमा हत्या गरेको निजहरुको बयानबाट खुल्न आएको हो ।
हत्या पश्चात् होटल सञ्चालनले वडा अध्यक्षलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।
मृतक पौडेलको टाउको, घाँटी, छातीमा मुक्का हानि बेहोस् बनाएपछि झ्यालको पर्दाले घाँटीमा कसी हत्या गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मृतक पौडेलको शव पोष्टमार्टमको लागि मंगलबार साँझ नै गण्डकी स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरा लगिएको थियो ।
सोमवार दिनभर वडिगाड खोलमा बालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेलले साँझ खारा प्रहरी चोकीको टोली फिर्ता पठाई इलाका प्रहरी कार्यालय भिमगिठेतर्फ जाने क्रममा उक्त होटलमा खाजा खान पसेको स्थानीयलाई उद्दृत गर्दै बडिगाड गाउँपालिका ६ का वडा अध्यक्ष वीर बहादुर खत्रीले बताउनुभयो ।
घटनास्थल जिल्ला सदरमुकामबाट करिव ७५ किलोमिटर पश्चिमा पर्दछ ।
प्रहरी अधिकृतनै खाजा घरमा मृत फेला पर्नुले आम नागरिकहरुमा अनेक शंका उपशंकाहरु पैदा भएको छ ।
घटनाको सुक्ष्म अनुसन्धान गरि प्रहरीले घटनाको वास्तविकता ल्याउनुपर्ने स्थानियहरुले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्