२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट हत्यामा दोषी डुकमन घर्ती मगर सार्बजनिक

 

जिल्ला प्रहरी कार्यालय मुस्ताङले कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका हिमाल भन्ने डुकमन घर्ती मगर अभियुक्तलाई पत्रकार सम्मेलन गरी सार्बजकि गरेको छ ।
रोल्पा जिल्ला सुनछहारी गापा १ स्थायी बसोबास गर्ने हाल मुस्ताङ जिल्ला घरपझोङ गापा ५ ढुम्बा बस्दै आएका अभियुक्त घर्ती मगरले सिचाई पानीको विवादको बिषयलाई लिएर हत्या गरेको खुलेको छ ।

धादिङ जिल्ला खनीयाबास गापा ४ स्थायी बसोबास गर्ने हाल मुस्ताङ जिल्ला घरपझोङ गापा ५ बस्दै आएका बर्ष ४९ का चन्द्र बहादुर तामाङ स्याउ बारी भित्र टाउकोमा गम्भिर चोट लागि मृत अवस्थामा प्रहरीले फेला पारेका थिए ।

मृतक तामाङ गत साउन १७ गते बेलुकासम्म पनि घर नआएपछि बेलुका करिब ८ बजेर ३० मिनेट जांदा प्रहरीलाई सूचना भएको थियो । खोजतलास गर्दा राती ११ बजेतिर मृत अवस्थामा तामाङलाई फेला पारेको र पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाईएको पत्रकार सम्मेलनमा जानकारी गराए ।

घरपझोङ गापा ५ का लाल बहादुर गुरुङको स्याउबारीमा तामाङले सिचाई गरिरहेका थिए । सिचाईको बिषयलाई लिएर वादविवाद हुंदा अभियुक्त घर्ती मगरले आफ्नो हातमा भएको फलामे सिङगुरले पटक पटक टाउकोमा हानी हत्या गरेको हुं भनी स्वीकारेका छन् ।

उक्त स्थानमा ज्याला मज्दुरी गरी बस्ने अभियुक्त घर्ती मगरलाई सुक्ष्म अनुसन्धानपछि प्रहरीले भाद्र ५ गते पक्राउ गरेको थियो । भने जिल्ला अदालत मुस्ताङले थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुमति दिएपछि सोही अनुसार काम भएको प्रहरी सूचना अधिकारीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्