भन्सारका थप एक कर्मचारी निलम्बित

 

६ साउन, काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सारका थप एक जना कर्मचारीलाई निलम्बित गरिएको छ ।

भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेटर सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् । यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । यो प्रकरणमा एक भारतीय नागरिकसहित केही व्यक्ति जना पक्राउ परेका छन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *