अदालतको आदेशपछि ललितानिवास प्रकरणमा फेरि समातिए कलाधर देउजा

 

५ साउन, काठमाडौं । मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी कलाधर देउजा बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउलगत्तै छुटेका उनी फेरि पक्राउ परेका छन् ।

प्रकरणमा पक्राउ परेका केहीले अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएसँगै प्रहरीले शुक्रबार अपराह्न देउजालाई फेरि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यले बताए ।

प्रहरीले देउजासहित ७ जनालाई १२ असारमा पक्राउ गरेको थियो । तर, देउजासँगै पक्राउ परेका सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीको नाममा स्टे अर्डर भेटिएपछि प्रहरीले सोही दिन छाडेको थियो ।

आचार्यका अनुसार, अदालतले उनसहित १७ जनालाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा दिएको आदेश खारेज भए फेरि आरोपीलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *