२०८१ भाद्र २३
९८५७६५०३३४, ९८५७६५००९३

गणतान्त्रिक छैरो गाउँ सुधार समितिको अधिवेशन सम्पन्न अध्यक्षमा दुरेन्द्र गौचन

 

हिमालपारिको जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं १ गणतान्त्रिक छैरो गाउँ सुधार समितिको गाउँ अधिवेशन बिबिध छलफल सहित सम्पन्न भएको छ ।
प्रत्यक बर्षको भाद्र १५ गते हुने गाउँ कुरीया आम बैठकमा २०६२÷६३ को जन आन्दोलनदेखि पुरानो प्रथालाई गाउँ भेलाले हटाएर गणतान्तिक छैरो गाउँ सुधार समितिको उदय गराईएको हो ।

आम गाउँ भेलाले त्योबेला मुखीया प्रथालाई हटाई प्रजातान्त्रिक पद्दतिबाट जाने निधो गरी सोही अनुसार हालसम्म चलिरहेको छ । यो ब्यवस्थाले समितिमा सबैजातजाति समुदायको समान हक लाग्ने भएको हो ।

प्रत्येक बर्षको भाद्र १५ गते गाउँ साधरण सभा हुन्छ भने २ बर्षपछि गाउँ अधिवेशन हुने गर्छ । त्यसबाट नयां समिति चयन भएपछि उक्त समितिले गाउँको बिबिध कार्य गर्नुपर्ने हुन्छ ।

अधिवेशनबाट ७ सदस्य रहेको उक्त गणतान्त्रिक छैरो गाउँ सुधार समितिमा अध्यक्ष दुरेन्द्र गौचन , उपाध्यक्ष कृष्ण परियार , सचिव याम कुमार थकाली , सह सचिव सुनिल परियार , कोषाध्यक्ष सुमन तामाङ , सदस्यहरु प्रेम प्रसाद गौचन र पुर्ण बिक रहेका छन् ।

अधिवेशनले गाउँ समिति सरह कार्यकारीणी ४ सदस्य रहेको सल्लाहाकार समिति समेत चयन गरेको छ । उक्त समितिमा भिम बहादुर रसाइली , आस बहादुर थकाली , गम बहादुर बिक र बिनोद थकाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्