२०८१ कार्तिक २७
९८५७६५०३३४, ९८५७६५००९३

मतदातामा सिमित मुस्ताङका दलित

Bhim Bahadur Rasaili

प्रजातन्त्रबाट संघीय गणतन्त्र उदय भएको यो देशमा सबैलाई समान अधिकारको लागि आएको ब्यवस्थाले के कस्तो अधिकार दिन सकेको छ । यसको बिषयमा नेपाली जनता कत्तिको सन्तोष छन् बहसको बिषय हुन सक्छ । दुर दराजमा रहेको यो जिल्ला प्रकृतिको बासले सजिएको स्थान हो तर यहांका जन समुदायहरुले पाउने अधिकारमा समानता छकि छैन त्यो भने सोचनिय बिषय हुन आउछ । समयको परिवर्तन संगसंगै ब्यवस्था परिवर्तन हुंदा पनि हिमालपारिको जिल्ला मुस्ताङमा रहेका दलित समुदायहरुको अवस्था भने दयनिय नै छ । किनभने बिगतको समयदेखि आजका दिनहरुसम्म उपल्ला जातिहरुलाई मतदान गर्दैमा जीवन गईरहेको छ ।

आफुलाई गणतन्त्रको बाहक सम्झने पार्टीहरुलेनै जिल्लाको पांच गाउपालिकाको सबै स्थान र वडाहरुमा दलित उम्मेदवार उठाउन सकेनन् मात्र मतदातामा सिमित हुन पुगेका छन् दलित समुदाय । रकम खर्चेर मत किनेर चुनाव जित्नेको परम्पराको अन्त्य हुन सकिरहेको छैन उनै र तिनै दलहरुले चाहेको पैसा खर्चेर चुनाव जित्नुनै हो । यसको प्रमुख कारण भनेको मुस्ताङका जनताहरुले चुनावमा भाग लिन सक्दैनन् भन्ने सोचको बिकास हुनाले हो । बिगतको समयदेखि हालसम्मको अवस्थामा पनि परिवर्तन हुन नसक्नु को पछाडि दलित समुदायहरुले निर्वाचनको महत्व नबुझेर हो । चौतर्फी बिकास गर्नलाई मत र मतदानको महत्वलाई चिरफार गर्न नसक्नु साथै आफ्नो सन्ततिको भबिश्यलाई बिकासतर्फ कसरी लैजान सकिन्छ भन्ने सोचको उदय नहुनु नै हो ।

कसरी हुन्छ मोटो रकम खर्चेर चुनाव जित्न पल्केकाहरुले यो प्रकृयालाई कायम राख्न चाहन्छन् । किनभने असल पार्टीका कार्यकर्ता र पछाडि परेका समुदायहरु राजनीतिमा नआउन भन्ने सोचको बिकास भएको छ बोलवालाहरुलाई । भने खोक्रो आश्वासनको बिचमा मुस्ताङका दलित समुदायहरुलाई यसपालिको निर्वाचनमा पनि ठुला पार्टीहरुले लोप्पा खुवाइदिए । तेस्रो शक्तिमा रहेका दलित समुदायका अमुल्य मतलाई क्षतिग्रस्त बनाएर यो त्यो पार्टीमा बिभाजन गरी मत लुटेका छन् । कुनै स्थानमा पनि दलित समुदायहरुलाई जनप्रतिनिधि हुने अवसर दिएनन् । कहिलेसम्म हो यहांका दलितहरु आफुहरुलाई ठुला पार्टीका नेताहरुको पछि लागेर मतदातामा मात्र सिमित हुने ।

प्रतिक्रिया दिनुहोस्