भाद्र २४ लोमन्थाङ, मुस्ताङ। मुस्ताङको लोमन्थाङ गाउँपालिका–छोसेर आसपास केन्द्रबिन्दु बनाएर बुधबार राति ९ः५३ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का मुस्ताङ, मनाङ, काठमाडौं लगायतका क्षेत्रमा समेत महसुस गरिएको थियो।
भूकम्पको केन्द्र जमिनको सतहदेखि करिब ३५ किलोमिटर गहिराइमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका विज्ञ लोकविजय अधिकारीले बताएका छन्।
भूकम्पका कारण छोसेर आसपासका केही घरमा सामान्य चिरा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। अहिलेसम्म मानवीय क्षति तथा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
चीनको तिब्बत आसपासको क्षेत्र भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील मानिन्छ। राति भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित भए पनि अवस्था सामान्य रहेको बताइएको छ। सम्बन्धित निकायले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको छ।





प्रतिक्रिया दिनुहोस्