
असोज १२ टुकुचे मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका वडा नंं १ टुकुचे गाउँ नजिकै मोटर साईकल दुर्घटना हुँदा अस्पताल ल्याउदै गर्दा एककाे मृत्यु भएको छ ।
करिव अपरान्ह ४ बजेर २० मिनेट जांदा टुकुचे स्थित बेनी जोमसोम सडक खण्डमा कोवाङबाट मार्फातर्फ आउँदै गरेको बा ५१ प ८९६२ नं को मोटर साईकल र बिपरित दिशााबाट जादै गरेको ग २४ प ८९६२ नं.को मोटर साईकल एक आपसमा ठोकिएर दुर्घटना भएको हाे ।
घटना स्थलमा घाईते भएका ४ जनालाई उपचार गराउन प्रदेश अस्पताल जोमसोम मुस्ताङमा लगिएको कोवाङ प्रहरी चौकीका प्रनानी शैल बिहारी यादबले बताएका छन् ।
बा ५१ प ८९६२ नं. को माेटरसाईकल चालक जिल्ला मुस्ताङ घरपझोङ गा.पा. ३ स्याङ बस्ने वर्ष २८ को मनोज बि.कको दायाँ खुट्टा र शरीरको बिभिन्न भागमा गम्भिर चोट लागेको छ र निजको अवस्था अचेत रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । साथै बि.कलाई थप उपचार गराउन ट्याक्सीमा राखी पोखरातर्फ लगिएको घाईतेका आफन्तले बताएका छन् ।
उक्त मोटर साईकलको पछाडी सवार घरपझोङ गा.पा वडा नं. २ मार्फा बस्ने वर्ष २५ को बुद्धि परियारको शरिरमा बाहिरी चोट नदेखिए पनि प्रदेश अस्पताल जोमसोममा उनकाे उपचारको क्रममा मृत्यु भएको कुरा अस्पताल स्रोतले जनाएको छ ।
त्यसैगरी २४ प ९१४१ नं. माेटरसाइकलको चालक जिल्ला पर्वत बिहादी गा.पा. ३ बस्ने वर्ष २१ को प्रधान पराजुलीको दायाँ हातमा चोट लागेता पनि उनको अवस्था सामान्य रहेको र उनी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको साथै पछाडी सवार सोही स्थानमा बस्ने वर्ष २४ को सुदिप परियारको दुबै हातमा चोट लागेता पनि अवस्था सामान्य रहेकाे प्रनाउ छिरिङ किप्पा लामाले बताईन् ।
दुबैतर्फको मोटर साईकल जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेको कुरा प्रहरी स्रोतले जनाएको छ । भने प्रदेश अस्पताल जोमसोम मुस्ताङमा एम्बुलेन्सको ब्यवस्था नहुंदा बिरामीले सास्ती झेल्न परेको कुरा घाईते र मुतकका परिवारले दुख ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्