२०८३ भाद्र १९
९८५७६५०३३४, ९८५७६५००९३

रसुवाका बाढीपीडितका लागि मुस्ताङका समाजसेवी ज्वारचनद्वारा एक लाख सहयोग

मुस्ताङ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि मुस्ताङका समाजसेवी महावीर प्रसाद ज्वारचनले रु. एक लाख आर्थिक सहयोग उपलब्ध गराएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फा निवासी स्थानीय समाजसेवी महावीर प्रसाद ज्वारचनले बाढीपीडितको मद्दतका लागि उक्त रकम सहयोग गरेकाहुन् ।

​दैवी तथा प्राकृतिक विपद्को घडीमा सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै ज्वारचनको तर्फबाट बिहीबार उक्त सहयोग रकम आधिकारिक कोषमा जम्मा गरिएको छ। ज्वारचनका जवाई घरपझाेङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले नेपाल बैंक लिमिटेड, जोमसोम शाखामा पुगी ‘प्रधानमन्त्री दैवी प्रकोप, उद्धार तथा राहत कोष’ मा सो रकम जम्मा गरेकाहुन् ।

​भोटेकोशी बाढीका कारण शिङ्गो राष्ट्र नै शोकमा डुबेको अवस्थामा मुस्ताङबाट पठाइएको यस सहयोगले पीडित परिवारसम्म राहत पुर्याउन थोरै भए पनि योगदान पुग्ने विश्वास लिइएको छ। यस्तो प्राकृतिक विपत्तिको समयमा सम्पूर्ण नेपालीहरू एकजुट भई मानवीय सहयोगमा जुट्नुपर्ने समाजसेवी ज्वारचनले टेलिफोनमार्फत बताए।

प्रतिक्रिया दिनुहोस्