२०८१ माघ ३
९८५७६५०३३४, ९८५७६५००९३

यातायात व्यवसायीहरुको आन्दोलन रिपोटिङ गर्ने क्रममा पोखराका दुई पत्रकारमाथी कुटपिट

पोखरा । नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष एवं पोखरा टेलिभिजनका संवाददाता पत्रकार बिनु थापा मगर र उपाध्यक्ष गण्डकी भ्वाइसका संवाददाता सुरज थापा माथि पोखरामा हातपात सहितको दुव्र्यवहार भएको छ ।

आज (आईतवार) बिहान पोखरा लखनचोक (पृथ्वीचोक) स्थित साल्ट ट्रेड युनियन अगाडि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको आन्दोलनको रिपोर्टिङ (फोटो, भिडियो) खिच्नेक्रममा आन्दोलनमा सहभागी केही व्यक्तिहरुले अपशब्द सहित पत्रकार माथि हातपात गरेको हो ।

पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै भएको आक्रमण र कुटपिटबाट पत्रकारद्वय घाइते भएका छन् भने सवारीमा समेत क्षति पुगेको छ । पत्रकार बिनु थापा र सुरज थापा नेपाल मगर पत्रकार संघ कास्कीको अधिवेशन बारे पोखरा रंगशालास्थित मगर संघको भवनमा छलफल पश्चात नेपाल मगर संघ, रंगशाला गेटबाट लखनचोक आउदै आन्दोलन भईरहेको स्थानमा घटना भएको हो ।

गण्डकी प्रदेशका यातायात व्यवसायीहरु आज आन्दोलनमा छन् । व्यवसायीहरुले ७ बुँदे माग राख्दै प्रदेश सरकारलाई दिएको ४८ घन्टे अल्टिमेटम सकिएसँगै उनीहरुले सम्पुर्ण सार्वजनिक सवारी साधन घर, ग्यारेजमा धन्काएर यातायात ठप्प गरेको छ ।

रातो नम्बर प्लेटलाई राइड सेयरमा मान्यता दिने गरी सरकारले ल्याउन लागेको कार्यविधि खारेज गर्नुपर्ने माग राख्दै यातायात व्यवसायीले साउन १० गते विज्ञप्ति बुझाएर अल्टिमेटम दिएका थिए । सोही अवधि सकिएसँगै आन्दोलन सुरु भएको हो ।

यसैबिच पत्रकारमाथी भएको दुव्र्यवहारप्रति नेपाल मगर पत्रकार संघ कास्की र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले विज्ञप्तिले प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गण्डकी प्रदेशका विभिन्न स्थानहरुमा भईरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले गरेको आन्दोलनवारे रिपोर्ट, समाचार संकलन गर्दै गर्दा भएको दुव्र्यवहारले प्रेस स्वतन्त्रता माथि कै आक्रमण भएको ठहर विज्ञप्तिको ठहर छ ।

नेपाल पत्रकार महासंघ कास्कीका सचिव प्रविन मगर तथा फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ (सुमन) को हस्ताक्षर भएको विज्ञप्तिमा आन्दोलनकारीहरुलाई कानुन अनुसार कारबाहीको मागका साथै आगामी दिनमा पत्रकारलाई निवार्द र स्वतन्त्रपूर्ण रुपमा समाचार संकलन गर्ने वातावरण सृजना गराउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्