लेक लागेर भारतीय नागरिकको मृत्यु ।

 

२०८० चैत्र ४ जोमसोम । मुक्तिनाथको दर्शन गर्न आएका भारतीय नागरिकको अचानक लेक लागेर उपचारको क्रममा मृतु भएको छ ।

करीब बिहान २ बजेर २० मिनेटको समयमा देश भारत हैदराबाद घर भएको बर्ष ८३ का बि नारायणको मृत्यु भएको छ ।

भारतबाट ४१ जनाको टोलि चैत्र ३ गते मुस्ताङ आई मुक्तिनाथ दर्शन गरी घरपझोङ गापा ३ पुथाङ बजार जोमसोम एयरपोर्ट स्थित होटल मोनालिसामा रातीको बास बसेका थिए ।

निज बि नारायणलाई अचानक स्वासप्रस्वासमा समस्या आई बिरामी भएपछि तत्काल उपचारको लागि मुस्ताङ जिल्ला अस्पतालमा लगिएको थियो ।

निजको उपचारको क्रममा बिहान ३ बजेर ५ मिनेट जाँदा डाकटरले मृत घोषणा गरेका थिए ।

साथमा निजको छोरी बि भारती लगायत अन्य आफन्तहरू पनि रहेको जिल्ला प्रहरी कार्यालय मुसताङले बताएका छन् ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रबि मिलन बहादुर बिकको कमाण्डमा प्रहरी टोली खटिगई मुचुल्का लगायतको प्रकृया सम्पन्न गरि लास परिबारको जिम्मा लगाइएको छ ।

प्रहरीको अनुसार थप बिषयको लागि अनुसन्धान भैरहेको कुरा प्रहरी नायव उपरीक्षक भोजराज पाणडेयले बताए ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *