२०८१ चैत्र १०
९८५७६५०३३४, ९८५७६५००९३

सार्बजनिक जग्गामा घर टहरा बनाउने र खेती गरे घरपझोङ गाउँपालिकाले कार्वाही गर्ने – अध्यक्ष मोहनसिङ लालचन

गाउँपालिकाले मुखीया र गाउँलेले बितरण गरेको जग्गालाई मान्यता दिदैन यदि भोलिका दिनहरूमा आउने समस्याको जिम्मेवारी आफै हुनु पर्नेमा अध्यक्ष लालचनले जोड दिए ।

२०८० फागुन २१ जोमसोम। घरपझोङ गाउँपालिकाको अध्यक्ष मोहनसिङ लालचनले सार्बजनिक जग्गामा घर टहरा बनाउने , ब्यक्ति तथा समूहमा खेति गर्ने जो कसैलाई कानुनी कार्वाही हुने बताएका छन् ।

गत फागुन १६ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङले आयोजना गरेको नागरिक सुनाई कार्यक्रममा अध्यक्ष लालचनले यस्तो कुरा बताएका हुन् ।


बिगतमा गाउँ मुखीया तथा गाबिसका अध्यक्ष र सचिवले भरपाई बनाई दिएको जग्गामा घर टहरा बनाउने र सामुहिक खेति गर्ने गरेको पाईएको छ यो कानुन अनुसार दण्डनीय छ अध्यक्ष लालचनले बताए ।

बिगतमा क कसले के गरे थाहा छैन तर हाम्रो कार्यकालमा सार्बजनिक जग्गा दोहन गर्ने जो कसैलाई कानुनी दायरामा ल्याउछौं अध्यक्ष ललचनले बताएका छन् ।


गाउँपालिकाले मुखीया र गाउँलेले बितरण गरेको जग्गालाई मान्यता दिदैन यदि भोलिका दिनहरूमा आउने समस्याको जिम्मेवारी आफै हुनु पर्नेमा अध्यक्ष लालचनले जोड दिए ।

यदि कसैले गैर कानुनीबाट सर्बजनिक जग्गामा घर टहरा बनाउने र गाउँको कागज लिएर सामुहिक खेति गरेका बिरूद्व उजुरी गरे उनीहरूलाई प्रचलित कानुन अनुसार कार्वाही हुने लालचनले बताएका छन् ।

निरन्तर हिमालपारिको आवाज साप्ताहिक पत्रिकाले सार्बजनिक जगा दोहनको बारेमा समाचार लेख्दै आएको र बनेको घर टहरा रोकिएको पनि छ यो राम्रो पक्ष हो लालचनको थप भनाई रहेको थियो।


अध्यक्ष लालचनको यो कुराले मुखीया र गाउँबाट भरपाई लिएर लाखौ रूपैया खर्चेर मुल सडक , बजार , गाउँघरमा आफुखुशी ठुला ठुला पक्की र कच्ची घर टहरा बनाई कमाई खानेहरूको यतिखेर निदहराम भएको छ ।

अध्यक्ष लालचनले उदाहरण दिदै भने २०३२ सालतिरको ललिता निवास सरकारी जग्गाको कुरात अहिले आएर ब्यक्तिहरूलाई कर्वाही भई जेल चलान भएका छन् मुस्ताङमा पनि हुनेछ त्यो दिन टाढा छैन उनले भने ।
हाम्रो पालिका भित्र रहेको सार्बजनिक जग्गाहरू जो कसैले प्रयोग नगर्नु भनी घरपझोङ गापाको पाँचै वडामा पत्रचार भई सकेको कुरा उनले नागरिक सुनाई कार्यक्रममा बताएका हुन् ।

सार्बजनिक जग्गा नेपाल सरकारको हो यदि सरकारले नीति र कानुन बनाएर राज्यकोषमा राजस्व आउने गरी जग्गा उपभोग गर्न पाउने ब्यवस्था नबनाउदासम्म यस्तो कार्य दण्डनीय हो भनेर बोल्ने पाँच पालिकाहरूमा पहिलो गापा अध्यक्ष लालचन भएका छन् ।


लालपुर्जा भएकाहरूले बार्षिक कर पालिकालाई बुझाउने तर सार्बजनिक जग्गा उपभोग गरी लाखौ रूपैया कमाउनेहरूबाट गापालाई राजस्व नआउने टुलुटुलु हेरेर बस्नु पर्ने यो गलत भएको छ उजुरी आए यस्ता संरचना भत्काउन गापा तयार रहेको अध्यक्ष लालचनले बताए ।
सरकारी जग्गालाई जालझेल गरी आफ्नो नाममा लालपुर्जा बनाएर भोगचलन गरेकाहरूत जेल गएका छन् । मुखीया र गाउलेले दिएको भरपाईले कुनै अर्थ राख्दैन जुनसुकै बेलामा पनि उजुरी हुन सक्छ त्यसैले यस्तो कार्य नगर्न अध्यक्ष लालचनले सबैलाई सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्