मंसिर,२८जाेमसाेम/ नेपाल विद्युत प्राधिकरणले मुस्ताङमा ३३ केभी प्रशारण लाईन विस्तार कार्य सुरु गरेको छ । प्राधिकरण कार्यालयका अनुसार थासाङ गाउँपालिका २ को कोवाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण लाईन विस्तारको काम अघि बढाएको हो ।
कम क्षमताको प्रशारण लाइनका कारण मुस्ताङमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याका कारण उपभोक्ता मर्कामा परेका प्राधिकरणका ईन्जिनीयर विमलराज रावतले जानकारी दिए । उनका अनुसार प्राधिकरणले गत कार्तिक २ गते निर्माण सम्झौता आह्वान गरेको र सबै प्रकृया पछि आवेदन परेका कम्पनीको कार्यक्षमताको मुल्याङन गरी निर्णयमा पुग्ने प्राधिकरणका ईन्जिनीयर रावतले बताए। प्राधिकरणले सबस्टेशनको कुल लागत भने सार्वजनिक गरेको छैन,निर्माण सम्झौता भएपछि छनोट भएको निर्माण कम्पनी र कुल लागत सार्वजनिक गरिने प्राधिकरणका ईन्जिनीयर रावतकाे भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणले सबस्टेशनको निर्माण सम्झौता आह्वान अगाडी ३३ केभी प्रशारणका लागि असारको २१ मा निर्माण सम्झौता आह्वान गरेको थियो । यस अघि प्राधिकरणले कोवाङदेखि चैलेसम्मको १०३ किमी दुरीको विद्युत प्रशारण लाईन विस्तार गर्न २७ करोड ६५ लाख लागतमा प्याराडाईज विल्डर्स काठमान्डौंसंग निर्माण सम्झौता गरेको छ ।सम्झौता अनुसार २ वर्ष भित्र सम्पन्न् गर्ने गरी कामलाई अगाडी बढाईएको प्याराडाईज विल्डर्स काठमान्डौंले जनाएको छ। यसका लागि कम्पनीले मुस्ताङको ताङ्वेदेखि माथिल्लो क्षेत्रमा विद्युत पोल गाड्ने,पोलको ६ फिट गहिराईमा पिसिसी खन्ने काम सुरु गरेको कम्पनीका ईलेक्ट्रिकल ईन्जिनीयर सन्तोष प्याकुरेलले बताए ।
हाल कोवाङ देखि उपल्लो मुस्ताङसम्म करिव १५० किमी भन्दा बढी दुरीमा ११ केभी प्रसारण लाईन प्रयोगमा रहेको र बिभिन्न कारणले विद्युत प्रवाहमा तलमाथि हुदा सबै क्षेत्रको विद्युतसेवामा प्राबिधिक समस्या आउने हुदा ११ केभी प्रसारण लाईनलाई बिस्थापित गरि बाह्रैमहिना भरपर्दो र प्रभावकारी विद्युतीय सेवाका लागि नेपाल विद्युत प्राधिकरणले ३३ केभी प्रशारण लाईन विस्तारको काम अघि बढाएको प्राधिकरणले जनाएको छ ।
३३ केभी प्रशारण लाईन निर्माणका लागि प्राधिकरणले मुस्ताङको चैले र चराङमा दुई वटा अलग-अलग स्थानमा सवस्टेन निर्माण गर्ने तयारी गरेको र उक्त्त कामको लागि चैले र चराङमा जग्गा समेत लिइसकेकाे लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।उनका अनुसार नेपाल-चीन, उत्तरी कोरला नाकासम्म भरपर्दो विद्युत सेवा बिस्तार गर्न सकेमा उत्तर,दक्षिण व्यापारिक मार्गलाई सहयोग पुग्ने दाबि समेत गरे ।
नेपाल विद्युत प्राधिकरणका अनुसार ३३ केभी प्रशारण लाईन विस्तार कार्यका लागि कोवाङदेखि चराङसम्मको १०३ किमी दुरीको ३३ केभी सबस्टेशनमा कुल २ हजार २६५ वटा पोल राखिने र त्यसमा ३१५ किमी लामो तार जडान गरिने प्राधिकरणका ईन्जिनीयर रावतले बताए । मुस्ताङको टुकुचेमा संचालित थापाखोला हाईड्रो पावर कम्पनीले १३ दशमलव ६ मेघावाटको विद्युत उत्पादन गरेपनि ३३ केभी सवस्टेशन नहुँदा त्यसको उपयोगमा समस्या हुदै आएको छ । मुस्ताङमा हाल म्याग्दी हुँदैे कोवाङसम्मको ३३ केभी प्रशारण लाईन मार्फत यस क्षेत्रमा विधुतिय सेवा प्रदान गरिएको विद्युत प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्