मुस्ताङमा प्रेसर हर्न प्रयोगमा रोक

 

मंसिर,१५ जोमसोम/जिल्ला ट्राफिक कार्यालय जोमसोमले चर्काे ध्वनी प्रदुषणमा वृद्धि भएको भन्दै ठुला सवारी साधनबाट प्रेसर हर्न निकाल्ने अभियान चलाएको छ ।

वेनी,जोमसोम, कोरला नाका जाने सडकमा सवारी साधनमा वृद्धि हुन थाले संगै अभियान थालेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख गोपाल प्रसाद कठायतले जानकारी दिए ।

मंसिर ११ गते बाट शुरु गरिएको अभियानको क्रममा ३ वटा ठुला सवारी साधनबाट प्रेसर हर्न निकाली सवारी चालकहरुलाई सम्झाई बुझाई प्रेसर हर्न प्रयोग नगर्न अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जोमसोमले जनाएको छ।

 

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
1
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *