
भूपेन्द्र महरा
डडेलधुरा जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रका सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । छड्के अनुगमनमा १७३ जना कर्मचारी सँगै ९ जना कार्यालय प्रमुख नै अनुपस्थित भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिनु भयो ।
उनका अनुसार २९ कार्यालयमा अनुगमन गर्दा १७३ जना कर्मचारी सँगै ९ जना कार्यालय प्रमुख अनुपस्थित भेटिएको उहाँले बताउनु भयो ।
मंगलबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा यहाँका कार्यालयमा छड्के अनुगमन गरिएको अनुगमनकाे क्रममा डडेलधुरा अस्पताल डडेलधुराका मात्र ९२ जना कर्मचारी अनुपस्थित भेटिएका हुन अन्य कार्यलयमा यातायात व्यवस्था कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, ग्रामीण उद्यम तथा आर्थिक करिडोर कार्यालयका प्रमुख,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालयका प्रमुख , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख, पूर्वाधार विकास कार्यालयका प्रमुख, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख, र प्रदेश कोलिनिकाका प्रमुख अनुपस्थित रहेको र अनुपस्थित कर्मचारीलाई प्रशासनले कारणसहित तीन दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिएको रोकायले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्