
भूपेन्द्र महरा
डडेलधुराः सुन्दर सुदुरपश्चिमको ७ पहाडी जिल्लामै पहिलो पटक डडेलधुरा जिल्लामा डिप्लोमा तहको ३ बर्से ‘मेडिकल ल्याब’ अध्यापन गराइने भएको छ । डडेलधुरा बागबजार बाट करिब १ किलोमीटर अगाडि बगरकोट रोडमा रहेको ह्वाइट पार्क कलेजमा २०७० सालदेखि स्थापना भई विगतको वर्षमा डिप्लोमातर्फ सर्भे इन्जिनियरिङ (अमिन), पशु विज्ञान (भेटेनरी जेटिए), सिभिल सव-ओभरसियर र बाली विज्ञान (कृषि जेटिए) को अध्ययन भइरहेको थियो भने यस वर्ष बाट थप ३ वर्षे डिप्लोमा कोर्स पढाइ गराइने उक्त कलेजका अमिन तथा सिभिल कार्यक्रम संयोजक लोकेन्द्र पनेरुले बताए ।
अहिलेसम्म ल्याबको डिप्लोमा गर्नका लागि सुदुरपश्चिमका पहाडी जिल्ला भन्दा बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब डिप्लोमा कोर्ष भएमा सुदुरपश्चिम मै सस्तो एबम् सुलभ दरमा अनि गुणस्तरीय शिक्षा पाउने सुदूर पहाडका सातै जिल्लाका विद्यार्थीहरुलाई सहज हुने उनले बताए । स्थापना कालदेखि नै सुदूरपश्चिम र मध्यपश्चिममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल ह्वाइटपार्क कलेजमा यहि श्रावण १२ गतेसम्म मेडिकल ल्याब ३० जनाको सिटमा भर्ना खोलिएको समेत पनेरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्