
धादिङको गजुरी नजिकै त्रिशुली नदीमा म्याग्दी कोरला यातयातको बस खस्दा ९ जना यात्रुको मृत्यु भएको छ ।
काठमाडौ देखि बाग्लुङ हुदै म्याग्दी जिल्लाको सदरमुकाम बेनीको लागी हिडेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशुली नदिमा खसेको हो ।
बसमा सवार २० जना यात्रु मध्ये दुर्घटनामा परी हालसम्म ९ जनाको शव सहित घाइते यात्रुलाइ उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
करिब साढे ११ बजे भएको दुर्घटनामा बस सडकबाट करिब ४० मिटर तल नदिमा खसेको हो ।
घटनास्थलमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
उपचार संभव नभएका घाइतेलाई काठमाडौं रिफर गरिएको छ।
दुर्घटनास्थलबाट घाइतेको उद्दार र शव संकलन कार्य जारी छ। अझै थप जानकारी आउन बाँकींं…
प्रतिक्रिया दिनुहोस्