मकवानपुरमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु

अजय नेपाली 

मकवानपुरको ज्यामिरेमा ट्रकसङ्ग ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका-९ ज्यामिरेमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किंदा दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका थिए । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *