२०८१ चैत्र १०
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङ समितिको बस अप्ठेरो बाटो र ओभरलोड सामानको कारण दुर्घटना हुनबाट जोगियो (फाेटाे सहित)

अर्को गजबको कुरा त के भने यात्रु बोक्ने सवारी बस होया मालबाहक ट्रक अधिकांस बसहरुले यस्तो कार्य गर्दा पनि कुनैपनि चेकपोष्टमा चेकजांच गरेको हुदैन ।

फागुन १२ मुस्ताङ । म्याग्दी कोरोला बस समितिको बस धम्पुनिर कालीगण्डकीमा दुर्घटना भएको कुरा बिर्सन नपाउदै पोखरादेखि यात्रु लिएर जोमसोम आउदै गरेको मुस्ताङ समितिको बस अप्ठेरो बाटो र ओभर लोड सामानको कारण दुर्घटणा हुनबाट जोगिएको छ ।


मुस्ताङ समितिको ग १ ख ७१४१ नम्बरको बस २०७९ फागुन १२ गते बिहान ७ बजे पोखरादेखि जोमसोम तर्फ आउंदै गरेको थियो । म्याग्दी जिल्लाको अन्नपूर्ण गापा ३ अन्तर्गत गुईठेदेखि तल जलथलादेखि माथि सांगुरो उकालो मोटर बाटोमा बस अन्यन्त्रित हुन पुगेको थियो ।


बसको चालकले गाडीलाई उकाल्न खोज्दा गाडीको भालेपोथी फलामको हेक्सल फुत्केपछि अचानक बस रोकिएर दुर्घटना हुनबाट जोगियो । यात्रुहरुले समयमा बिचार नगरी हतार गरी नझरेको भए गाडी कालीगण्डकीमा खस्नेथियो ।


अति सांगुरो बाटो त्यसमाथि पनि ओभरलोड सामानले भरिएको हुनाले यस्तो समस्या हुनेगरेको यात्रुहरुले बताएकहा छन् । हुनपनि बसको गल्ली र छतमाथि खचाखच सामानहरुले भरिएको थियो उक्त बस ।
बेनी जोमसोमको सडकमा गुड्ने गाडीहरुको अवस्थाको बारेमा कुन निकायहरुले जिम्मेवारी लिनुपर्ने हो यो भने चिन्ताको बिषय हुन पुगेको छ यसको बारेमा सरोकारवाला निकायहरु मौन बस्नाले आउने गरेको सउमस्या हो यात्रुहरुले बताएका छन् ।


सांगुरो बाटोमा बस कालीगण्डकीतर्फ धेरैनै झुकेको थियो छोटो समय भित्र रोकीएको बसबाट यात्रुहरु नझरेको भए बस दुर्घटणा हुने थियो । यस्तो जोखिम तरीकाले किन बस सञ्चालनमा आउने गरेको छ । बेनी जोमसोमको यात्रामा जसले जेगरेपनि हुन्छ भन्ने थितिको बिकास हुंदा आउने गरेको समस्या हो स्थानीय बताउछन् ।


डराएका यात्रुहरुले भाग्यले बांचियो भनेर कुरा गरिरहेका थिए भने बिग्रिएको बसलाई साईड लगाउन गाह्रो भएको थियो । तत्काल घटना हुनबाट बस जोगियो भनी जिल्ला प्रशासन मुस्ताङ र बेनी जोमसोम सडक कार्यालय प्रमुखलाई जानकारी भएको थियो ।


बसले २२ जना यात्रुहरु लिएर आएको थियो तर बसमा यात्रुभन्दा धेरै अत्यधिक मात्रामा छत र बस भित्र खचाखच सामानले भरिएको थियो । पोखरादेखि बस आउदै गर्दा सहज रुपमा गाडी गुडेको थिएन जेहोस् घटना हुनबाट जोगिएको छ मुस्ताङ समितिको बस ।


बस बिग्रिएपछि उक्त बसको स्टाफले ग १ ख ६१०९ नम्बरको बसमा यात्रुहरुलाई पठाउने काम गरेता पनि धेरै यात्रुहरु उभिएर आउन परेको थियो । छत र बसभित्रको सामानहरु पनि अर्को गाडीमा पठाएका थिए ।
अर्को गजबको कुरा त के भने यात्रु बोक्ने सवारी बस होया मालबाहक ट्रक अधिकांस बसहरुले यस्तो कार्य गर्दा पनि कुनैपनि चेकपोष्टमा चेकजांच गरेको हुदैन । यसमा पनि सरोकारवाला निकायहरुको मिलोमतो भएको देखिन्छ ।


जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई जानकारी गरेपछि घांसा चौकीमा बसको चेकजांच गर्दा भेटनरी जांचपास र आधिकारीक बिल नभएको माछा र तरकारी लिएर आएको पाउदा पनि खासै कुनैपनि कार्वाहिीको कुरा नभै भोलि बिल ल्याएपछि चौकीले छोडीदिने कुरा गरेको थियो ।


यदि जानकारी पछि चेकजांच नभएको भए उक्त सामानहरु सम्बन्धीत ब्यापारीहरुले पाउथे । जांचपास नभएको माछा लगायत अन्य सामानहरु कडाईको साथ चेकजांच नहुने घांसा चौकीबाट धेरै सामानहरु यसरीनै आउने गरेको पाईएको छ । ट्राफिक बिनाको मुस्ताङ म्याग्दी सिमानामा हुने गरेको फितलो चेकजांचलाई कडाई गर्नुैपर्ने देखिन्छ स्थानीयहरुले बताएका छन् ।


बेनी जोमसोम र पोखराको भाडादर , सवारी साधनको अवस्था , अत्यधिक सामान हालेर ल्याउने परिपाटीको अन्त्य र बस स्टाफले सवारी चलाउने गर्ने गरेको यो गलत प्रकृयाहरुको अन्त्य हुनुपर्छ । यस बिषयमा जनप्रतिनिधिहरु , नागरिक समाज , सरोकारवाला निकायहरुले बेलैमा सोच नपुर्याउने हो भने बेनी जोमसोम सडकमा धेरै समस्याहरु आउने निश्चित छ ।


उक्त दुर्घटना हुनबाट बचेको बसमा यात्रा गरिरहेका नेकपा माओवादी केन्द्र मुस्ताङका जिल्ला संयोजक धिरेन्द्र बिक र हिमालपारिको आवाज साप्ताहिक पत्रिकाका सम्पादक प्रकाशक भिम बहादुर रसाइली समेत चिन्ता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्