मोटरसाइकल अनियन्त्रित भैइ भिरबाट खस्दा दुइजना युवकको मृत्यु

बिना ढुङ्गाना

कास्किको रुपा गाउपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको मुत्यु भएको छ। शनिबार अपराह्न पौने ४ बजे सडकबाट झन्डै ९० मिटर तल खसेर भएको दुर्घटनामा मोटरसाइकल चालक लम्जुङ दुधपोखरी-६ का २९ बर्षिय कृष्ण गुरुङ र उनका साथि २४ बर्षिय अशोक गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका -३२ बाट रुपा ताल तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०२-००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपा गाउपालिका-६ निगालझाप्रोमा सडकबाट खस्दा दुवै जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्रयल कास्किले जनाएको छ।

घाइतेलाई इलाका प्रहरी कार्यलय शिशुवाबाट खटिएको प्रहरी टोलिले उपचारको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो ।

अस्पतालमा पुगेपश्चात चिकित्साकले दुवैजनालाई मृत घोषणा गरेका थिए । मोटरसाइकल घुम्तिमा आफै अनियन्त्रित भैई सडक मुनि खसेको हुनसक्ने र दुर्घटनाको कारण बारेमा अझै थप अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *