
प्रबिन पाण्डे
जाेमसाेम । मुस्ताङका पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनसहित ५ वटा स्थानीय तहका जनप्रतिनिधिहरुले शनिबार हिमाली जिल्ला डोल्पा र मुगु जोड्ने मुस्ताङ – डोल्पा सडकको अनुगमन गरेका हुन।
मुस्ताङ—डोल्पा ट्रयाकको काम सकिन अब मात्र १० किमी बाँकी छ । नयाँ सडक ट्रयाक खोल्ने र सडक मर्मतको कार्य सकिएलगत्तै डोल्पा र मुस्ताङको सीमाना याकखर्कसम्मको सडक जोडिन अब धेरै समय नलाग्ने सडक डिभिजन कार्यालय बाग्लुङले जनाएको छ ।
हिमाली जिल्ला मनाङ,मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा र मुगु जिल्लाको सडक सुचारु भएपछि उपल्लो डोल्पा लगायतका स्थानियलाइ यातायात, मालसामान ढुवानी र पर्यटकीय मार्गलाई सहजता प्रदान हुने अधिकारीहरुले पुर्वानुमान गरेका छन।
हालसम्म यो सडकमा ४६ किमी ट्याक सुचारु भईसकेको छ भने अबको केहि समयमा निर्माण सम्पन्न भएपछि पुर्ण रुपमा सुचारु हुने भौतिक तथा पूर्वाधार मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्