पोखरा । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले यस्तो घोषणा गरेका हुन् ।
उनले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् ।
स्वास्थ्य शिक्षाका विभिन्न विषयहरुमा सिटिइभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नगर्नु तथा उनीहरुलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले त्यस्तो आशंक जन्माएको बताए ।
यसअघि पनि उनले चिकित्सा शिक्षा ऐन सुधार लगायत स्वास्थ्यका अन्य क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्