वाग्लुङको जङ्गलमा भेटिएको शव पुरुषको रहेको पहिचान

 बिना ढुङ्गाना

रुकुमसँगको सिमानामा पर्ने वाग्लुङको निसिखोला गाउपालिका ६ पातिहाल्ने नजिकैको जङ्गलमा मानव कंकाल भेटिएको छ। शुक्रबार स्थानियले हड्डी मात्र रहेको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन। घटनास्थल सदरमुकामदेखि १सय ४२ किमि पश्चिमतर्फ रहेको छ। शव भेटिएकोबारे जिल्लाका सबै प्रहरी चौकी र छिमेकी जिल्ला रुकुममा पनि प्रहरीले जानकारी गराएको छ ।

स्थानीयले जानकारी दिए पछि इलाका प्रहरी कार्यालय बुर्तिवाङदेखि खटिएका प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको टोली घटनास्थलमा पुगेका थिए । शर्माको टोलीले शव सङकलन गरी बुर्तिवाङ प्राथमिक स्वास्थ केन्द्रमा ल्याएको थिए। शव पुरुषको रहेको पहिचान भएको छ तर मॄतकको वंशवलि भने पत्ता लागेको छैन ।

शर्माले सो स्थानमा कुनै ब्यक्ति हराएको भए प्रहरीमा खबर गर्न समेत आग्रह गरेका छन् ।मॄतकले लगाएको कपडा सहज रुपमा चिन्न सकिने हुँदा त्यसबाट पनि मॄतको ठेगाना पत्ता लगाउन सकिने उनको भनाई छ।थप घटना बारे अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *