२०८१ माघ ३
९८५७६५०३३४, ९८५७६५००९३

अखिल छैठौं राष्ट्रिय परिषदको भेला काठमाडौंमा

बिना ढुङ्गाना

राष्ट्रिय जनमोर्चाको शुभेच्छुक बिधार्थी सगठन अखिल (छैठौं )को राष्ट्रिय परिषदको भेला हुने भएको छ।भेला असोज १२ र १३ गते केन्द्रीय क्याम्पस किर्तिपुर (काठमाडौं)मा हुनेछ। साउन ५ र ६ गते पाल्पा तानसेनमा सम्पन्न केन्द्रीय समितिको बैठकले निर्णय गरेको हो।

अध्यक्ष देवेन्द्र कुँवरद्वरा साउन ७ गते जारी बिज्ञप्तीमा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गरिएको छ।देशको शैक्षिक अवस्था गम्भिर रहेको,विश्वविधालय दलका अखडा बनेको बताउँदै सो कारणले युवा शक्तिको पलायन बढ्दै गएकोमा त्यसलाई रोक्न सरकारसित प्रेसविज्ञत्ति मार्फत माग गरिएको छ।

देशमा बढ्दो प्रतिगमन र साम्राज्यवादी हस्तक्षेप बिरोध गरिएको छ। बढ्दो महङ्गि नियन्त्रणमा ल्याउन सरकार असफल भएको बताउँदै भ्रष्टाचार बिरुध सरकारको कदमलाई बिज्ञप्तीमा समर्थन गरिएको छ।भ्रष्टाचारको छानबिनबाट पछि नहटन युनियनले सरकारलाई खबरदारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्