८ वर्षपछि फरार रहेको कर्तव्य ज्यानका अभियुक्त शेरचन पक्राउ

अजय नेपाली

पाेखरा:   कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका सम्राट शेरचन ८ वर्षपछि पक्राउ परेका छन्।

मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई  काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय कर्तव्य ज्यानको मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका शेरचन मङगलबार गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७२  भदौ १ गते उनलाई  १४ वर्षको जेल सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए    उनीविरूद्ध  ०६६ मा राधा पुनले जाहेरी दिएका थिए। त्यतिबेला मुस्ताङ जिल्ला अदालतले शेरचनलाई एक वर्ष चार महिना कैद सुनाएको थियो।

त्यसविरूद्ध पुनरावेदन दिएका उनीविरूद्ध  बागलुङ अदालतले जन्मकैदको सजाय सुनाएको थियो। पुनरावदेनको आदेशविरुद्ध सर्वोच्चले उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो।

पक्राउ परेका शेरचनलाई  फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ जानकारी दिए ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
1
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *