रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सिफारिस

फाइल इमेज

 

१४ जेठ, काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय  माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका छन् ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजायँ माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजायँ माफ हुने संवैधानिक व्यवस्था छ ।

बैठकले योजना आयोगको सदस्यमा अनिता ढुंगानालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
1
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *