नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवस पारेर पोखराका चार पत्रकारलाई पुरस्कार र सम्मान

 

पोखरा / नेपाल पत्रकार महासंघ कास्की शाखाले एकैदिन ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघको ६८ औं स्थापना दिवस अवसर पारेर पोखरा पत्रकारिता सम्मान २०७७ पत्रकार नवीन सिग्देललाई र संस्थागत सम्मान २०७८ लक्ष्मी हाउसलाई दिइएको छ । सो पुरस्कारको राशि रु.३५ हजार र सम्मान पत्र रहेको शाखाका सचिव माधव बरालले वताए ।

त्यस्तै पत्रकार भुपाल गुरुङलाई टंकादेवी-तुलसीप्रसाद पत्रकारिता पुरस्कार, पत्रकार गौरव त्रिपाठी र दुर्गा रानालाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी रु. २० हजार र सम्मान पत्र तथा युवा प्रोत्साहन पुरस्कारको राशी रु. ११ हजार र सम्मान पत्र छ ।

महासंघको शभाहलमा बुधबार आयोजित समारोहमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले चारै जना पत्रकारहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गरे । सो अवसरमा मन्तब्य राख्दै गुरुङले पत्रकारको काम तीललाई पहाड र पहाडलाई तिल बनाउने मात्रै नभएको वताउदैै पत्रकारिताभित्रको विकृतिलाई हटाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद पत्रिक, महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना पगेनी, सल्लाहकार दिपेन्द्र श्रेष्ठ, पत्रकार शोभाकान्त सिग्देलले सम्मानित पत्रकारहरुको चिनारी गराउदै पुरस्कारको महत्वमाथि प्रकाश पारे ।

सम्मानित पत्रकारहरु सिग्देल, गुरुङ, त्रिपाठी र रानाले पुरस्कारले आफुलाई थप जिम्मेवारी र उर्जा थपेको वताए । शाखाको अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन सचिव माधव बरालले र स्वागत उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *