२०८१ चैत्र २
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङको तेज निरला जनहित बहुमखी क्याम्पसमा एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अमीशा तिलिजा सभापतिमा विजयी

 

मुस्ताङका तेज निरला जनहित बहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा गठबन्धनको प्यानल विजयी भएको छ ।

क्याम्पस युनियनको सभापतिमा एमालेनिकट अनेरास्ववियुका एलिस थकालीलाई पराजित गर्दै एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अमीशा तिलिजा निर्वाचित भएकी छन् ।

सचिवमा नेविसंघकी रविना गुरुङ, कोषाध्यक्षमा नेविसंघकी असिम गुरुङ निर्विरोध निर्वाचित भएका थिए । सदस्यहरुमा अनेरास्ववियूका निसल थकाली, काल्देन साङ्मो गुरुङ र प्रिति गुरुङ निर्वाचित भएका हुन् ।

मतपरिणाम अनुसार प्रत्यक्षतर्फ बाम लोकतान्त्रिक गठबन्धनको प्यानलका तर्फबाट एकीकृत समाजवादी निकट अनेरास्ववियुले अध्यक्ष पदसहित ३ पदमा विजयी हासिल गर्‍यो।

नेपाली कांग्रेस निकट नेविसंघले ३ पदमा विजयी हासिल गर्‍यो। समानुपातिकतर्फ नेविसंघले ४ पद र एमाले निकट अनेरास्ववियुले १ पदमा विजयी हासिल गरेको स्ववियु निर्वाचन अधिकृत अदितीयचन्द्र थकालीले जानकारी दिए।

उक्त क्याम्पसमा स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपा माओवादी विप्लप समूहनिकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले लोकतान्त्रिक बाम विद्यार्थी गठबन्ध गरेर स्ववियु निर्वाचनमा होमिइदा नेकपा एमालेनिकट अनेरास्ववियु विद्यार्थी संगठनले एकल प्रतिस्पर्धा थियो ।

प्रतिक्रिया दिनुहोस्