२०७९ फागुन ३ गतेको दिन बिहान ७ बजे जोमसोमदेखि पोखरा जांदै गरेको म्याग्दी कोरोलाको ७४४० नम्बरको बस चालक कृष्ण रसाइलीले चलाउन पर्नेमा बस स्टाफ अर्जुन ढकालले चलाउदा थाासाङ ३ धम्पु मुस्ताङको झोलुङेपुलनिर बस कालीगण्डकीमा खसेको थियो ।
१७ जना मध्ये बसमा टिकट काटेर चढेका ७ जना र १० जना टिकट नकाटी चढेका यात्रीहरू भएको जोमसोम काउण्टरका मेनेजरले बताएका छन् ।
कालीगण्डकीमा बस खसेपनि १० जना पेसेन्जर मुसताङ जिल्ला अस्पतालमा उपचारपछि घर फर्केका छन् भने बढी चोटपटक लागेकाहरूलाई कालोपानी , लेते , धम्पु गाउका स्थानीय र ईलाका प्रहरी कार्यालय लेतेको अबिलम्म उद्वार पछि थप उपचार गराउन पोखरा पठाएका थिए । छिटो उद्वार हु्दा अन्य क्षति हुन नपाएको घाईतेहरूले बताएका छन् ।
थप उपचार गर्नुपर्ने ८ जना घाईते बिरामीहरूलाई एम्बुलेन्स मार्फत घरपझोङ गापाका पेमा छेतेन बिक जोमसोम एयरपोर्ट, थासाङ गापाका मनिष परियार लेते ,शर्मीला परियार धम्पु,सुनिल परियार धम्पु,बिमति परियार धम्पु,लक्ष्मी परियार र उनकी १४ महिनाकी छोरी सुप्रीम परियार देउराली,राजकुमार बुडाथोकी टुकुचेलाई थप उपचार गराउन पश्चिमाञ्चल गण्डकी अस्पताल पोखरामा उपचार भएको छ ।
घाईते बिरामीहरूले भने बमोजिम उपचार राम्रो नभएको सवास्थ्यकर्मीहरूले गर्ने ब्यवहार आपतिजनक भएको खबर पाउनसाथ हिमालपारिको आवाज साप्ताहिक पत्रिकाको सम्पादक तथा नेकपा एकिकृत समाजवादीका मुस्ताङ जिल्ला अधयक्ष कमरेड भिम बहादुर रसाइली र जिकस लक्ष्मी तिलीजा , मुस्ताङ जिल्ला ईन्चार्ज तथा गण्डकी प्रदेश अध्यक्ष रामजी शर्मा,स्थायी कमिटी सदस्य चुडामणी जंगली र प्रदेश कमिटी उपाध्यक्ष श्रीनाथ बरालबाट अस्पतालका सुपरिटेण्डेन डा.भरत केसीलाई अनुरोध साथै पहल कदमी पश्चात ईमर्जेन्सी वाडबाट अन्य वार्डमा राखी थप उपचार भईरहेको छ ।साथै बिरामीहरूले बोलेका आवाज ,भिडीयो तस्विरहरू पनि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्