२०८१ कार्तिक २७
९८५७६५०३३४, ९८५७६५००९३

अब निर्वाचनमा पुरानो अनुहार दोहोेरिनु हुंदैन

निर्वाचनमा जसले मोटो रकम खर्चिन सक्छ , जो साहुं महाजन र ठेक्दार हुन् जसको लालपूर्जामा अनगिन्ति जग्गाहरु रहेका छन् । त्यस्तालाई मात्र उम्मेदवारको टिकट दिने चलनको अन्त्य कहिलेसम्म हुने हो ।

हिउँद ऋतुमा लुकेका कीरा र भ्यागुताहरु जब बर्षातको समयमा ट्यारट्यार टुरटुर गरी बनजंगल खेतबारीमा कराउन थाले झै । जब निर्वाचन आउँछ नचिनिएका ब्यक्ति , कार्यकर्ता , नेता र उम्मेदवारहरु जिल्लामा देखिन थाल्छन् । लाजत पहिल्यै पचिसेका रहेछन् चुनावको बेलामा मात्र आफ्नो थाकथलो देख्ने र चिन्ने यस्तालाई मुस्ताङ बासीहरुले बेलैमा चिन्नु पर्छ । शहरमा बसेर आफ्ना जीवन चलाउनेहरु निर्वाचनको बेलामा मात्र मुतेपछि दैलो देख्नेहरु पांच बर्षमा फेरी जिल्ला भित्र देखिन थालेका छन् । दुईचारजना ब्यक्तिहरु लिएर माथितल गरी सप्रेकालाई बिगार्ने र बिग्रीएकालाई भत्काउने काममा लाग्दैछन् । बेथीतिको लगाम खिचेर घोडा चलाउन खोज्नेहरुलाई अबभने जनताले चिन्ने बेला आयो. ।

निर्वाचनमा जसले मोटो रकम खर्चिन सक्छ , जो साहुं महाजन र ठेक्दार हुन् जसको लालपूर्जामा अनगिन्ति जग्गाहरु रहेका छन् । त्यस्तालाई मात्र उम्मेदवारको टिकट दिने चलनको अन्त्य कहिलेसम्म हुने हो । जीवनकाल पार्टीमा अर्पेका कार्यकर्ताहरुको पालो कहिल्यै आउने रहेनछ । पटक पटक पुरानै अनुहारका जनप्रतिनिधिहरु मात्र हरेक निर्वाचनमा देखिनु पर्ने उनैलाई मन नमाने पनि मतदान गर्नु पर्ने कस्तो थीति बस्यो । हरेक तहतप्काका जनप्रतिनिधिहरु रहेर सर्बसाधरण जनता तथा पार्टीका कार्यकर्ताहरुलाई पनि स्थानीय , प्रदेश र संघको जनप्रतिनिधि हुने रहर हुन्छ होलानी । सधैभरी आफै मात्र उम्मेदवारको भागिदार हुंदा लाज पनि लाग्न पर्ने हो यस्तो किन हुने गरेको छ हाम्रो मुस्ताङमा अब सोच्नेबेला भयो मुस्ताङ बासी हो ।

लामो समयसम्म एउटै ब्यक्ति यो जिल्लाको उम्मेदवारबाट जनप्रतिनिधिहरु भएका का छोराछोरीहरुको स्तर र जनताको छोराछोरीहरुको स्तरमा फरक । उनीहरुको खानपान निवास र आवासको स्तर र जनताको स्तरमा फरक । हरेक तह तप्कामा उनीहरुको पहुंच र जनताको स्तरमा फरक । सबै क्षेत्रमा उनीहरुको हालीमुहाली तर जनताको अवस्था भने जुनसुकै निर्वाचन भएनी आएनी गरीबको रेखामुनी हुन्छ किन । त्यसैले हरेक पार्टी भित्र अब युवा र फरक नयां अनुहार भएकाहरुले निर्वाचनमा उम्मेदवारहरुले टिकट पाउनु पर्छ । रकमको घमण्डमा पुरानै अनुहारका उम्मेदवारहरुले टिकट पाउने कुसंस्कार प्रचलनको जरैदेखि अन्त्य र बहिस्कार गरिनु पर्छ । अबको निर्वाचनमा नयांलाई भरोसाको आस र पुरानोलाई उनैको घरको बास गराऔं ।

प्रतिक्रिया दिनुहोस्