२०८१ मंसिर २५
९८५७६५०३३४, ९८५७६५००९३

पुथाङ बजार जोमसोम एयरर्पोटको सडक अलपत्र

 

साउन २१ मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको धेरैजसो स्थानहरुमा सडक बिस्तार गर्ने काम गत असार महिनामा भएको थियो । असार मसान्त सकिनसाथ काम रोकीदा स्थानीय आक्रोसित भएका छन् ।

लामो बिवादपछि सडक बिस्तार गरेको ठेक्दारहरुले यतिखेर भने आँखामा धुलो छर्नेकाम गरेको स्थानीय बताउँछन् । असारमा निकासा निकाल्न काम गरेजस्तो गरेता पनि यतिखेर भने सदरमुकाम रहेको स्थान अलपत्र परेको छ ।

पुथाङ बजार जोमसोम एयरर्पोटको सडक बिस्तार गर्ने काम अलपत्र पारेर छोडेपछि दिनहुं बिबिध समस्या आउने गरेको स्थानीयले बताए । धेरैजसो घरहरु स्थानीय सामाग्रीहरु प्रयोग गरी बनाएको घर आगन धरापमा परेको छ ।

जताततै सडक र नाला अधुरो बनाएर अलपत्र छोडीदिंदा जोखीम खालका घटणाहरु घट्न सक्ने पुथाङ बासी बताउँछन् । के कति कारणले सडक बिस्तार हुन सकिरहेको छैन सरोकारवाला निकायले यसको जवाफ दिनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

जिल्लामा असोज कार्तिकदेखि सिमेन्टको काम राम्रो हुन नसक्ने हुंदा कुनबेला कहिले अलपत्र सडकको काम सुचारु ह्ुने हो स्थानीय भन्छन् । यस बिषयमा सरोकारवाला निकायहरुोे ध्यान जान सकिरहेको छैन जनप्रतिनिधिहरुले प्रश्न उठाएका छन् ।

मुस्ताङ जिल्लाको मुटु मानिने पुथाङ बजार जोमसोम एयरर्पोटमा स्थानीय र पर्यटकहरुले शास्ति भोगेका छन् । बर्षातको पानी र हिउँ परेपछि बजारका घेरै घरहरु भत्कन सक्ने चिन्ता स्थानीयको छ त्यसैले बेलैेमा सडकको काम सम्पन्न गर्न सम्बन्धीत निकायहरु समक्ष अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्