२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

हाम्रो भन्दा राम्रो उम्मेदवारलाई जिताऔं

“समाजवादको खोल ओडेर पुंजीवादको वरिपरि घुम्ने नक्कली कम्युनिष्टहरुले सर्बहारा जनताको कहिले उद्धार गर्ने ।”
बिगतदेखि वर्तमानसम्म राजादेखि बहुदलिय ब्यवस्था हुदै गणतन्त्रसम्म नेपाली जनताले आएका गएका भएका धेरै ब्यवस्थाहरु देखिसके । तर त्यस ब्यवस्थाबाट जनताले पाउनु पर्ने आधारभूत कुराहरु पाउन सकिरहेका छकिछैनन् । संबिधानले एकथोक बोलेको छ , शासन चलाउनेहरुले अर्कोथोक काम गरेका छन् यो थीति कहिलेसम्म । ठुला पार्टीका नेता र अधिकांस सरकारी कर्मचारीहरुले देशलाई ऋणमा डुबाएका छन् , भ्रष्टचार मौलाएको छ , कमीसन बिना कुनै काम हुदैन , गर्भमा रहेको  बच्चाले थेक्न नसक्ने देशको ऋण बोकेर हुर्कन्छ र जन्मछ यो बिडंवना होईनर ।
समाजमा धनी र गरीब , जातजाति , उचनिच यो त्यो भनी बर्गिकरण गरी बिभेदकारी भुमिका शासक बर्गहरुलेनै रचेका हुन् । समाजवादको खोल ओडेर पुंजीवादको वरिपरि घुम्ने नक्कली कम्युनिष्टहरुले सर्बहारा जनताको कहिले उद्धार गर्ने । जनताको आवाज बोकेर हिडने कम्युनिष्ट नेता कार्यकर्ताहरु ब्यक्तिवादको उत्थान गर्न लाग्दा ठुस्ठुस् गनाएका छन् उनीहरुबाट जनताले के अपेक्षा गर्ने । अरु देशमा देशको बिकास र जनतालाई सुख कसरी दिन सकिन्छ भनेर होडबाजी चल्छ । तर हाम्रो देशमा पार्टीबिच लडाई गालीग्लोज र बहुमतको सरकार ढाल्ने काम गर्छन् तर जनता मरोस् बांचोस् मतलव छैन ।
निर्वाचनको बेला गरीबलाई भन्दा धनीलाई हेर्यौ , बिकासे काम जानेको भन्दा नजानेकोलाई जिम्मेवारी दियौ , जनताको गास बास र कपासको बारेमा काम गर्नेलाई भन्दा ब्यक्ति बिकास नातावाद र कृपावादमा लाग्नेहरुलाई मतदान गरी जितायौं । कसले बढी रकम दिन्छ उसैलाई मतदान गरी बिजय गरायौं तर जितेर गएपछि पछाडी पारिएका जन समुदायहरुको हितको लागि उनीहरुले काम गरेनन् । जनता राम्रो शिक्षा र स्वास्थ्य नपाएर तर्पेर बस्नुपर्छ तर लाखौ रकम खर्चेर बिजय भएकाहरुलाई जनताको सानो कुराको पनि चासो छैन र हुदैन भने फेरी तिनैलाई जिताउन लाग्नु भनेको खुट्टमा बन्चरो हान्नु सरह हो त्यसैले आउने बिर्वाचनमा हाम्रो भन्दा राम्रो उम्मेदवारलाई जिताऔं ।

प्रतिक्रिया दिनुहोस्