रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

२१ असार, काभ्रे । रामेछापको सुनापती ३ स्वारा बाट काठमाडौ आउदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभु मा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको छ ।
घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् ।
यसैबीच दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा निधन भएको छ । अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ बर्षिय रामबहादु श्रेष्ठ, सोही वडाका २४ बर्षिय बृद्ध तामाङ र बर्ष ६० का नेमा तामाङ रहेको छ । अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।
हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छन भने ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *