
मुस्ताङः गण्डकी प्रदेश मुस्ताङ जिल्ला दामोदरकुण्ड गाउँपालिका–२ घमी स्थित घमी खोलाको अस्थायी काठे मोटरेबल पुल मर्मत कार्यका लागि घमी देखि चराङ ,लोमान्थाङ र कोरला पहुँचमार्ग सडक असार २० गतेदेखि असार २७ गतेसम्म एक हप्ताका लागि पूर्व रुपमा बन्द गरिने लोघेकर दामोदरकुुण्ड गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले लोघेकर दामोदरकुण्ड–२ घमी स्थित घमी खोलामा अवस्थित अस्थायी काठे पुल जीर्ण भएको र जीर्ण पुलबाट सवारी साधन आवत–जावत गर्दा जोखिम हुने भएकाले मर्मतका लागि सडक बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले शुक्रबार सूचना प्रकाशित गरी सडक आवागमन पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस्