काठमाडौं उपत्यकामा एकैदिन ५ सय ६२ जना सवारी चालकमाथि कारवाही

फोटोः रातोपाटी

ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ५ सय ६२ जना चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ४० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना रहेका छन् । 

ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १८ जना चालकमाथि कारवाही गरिएको छ । 

साभारःरातोपाटी

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *