२०८२ कार्तिक १५
९८५७६५०३३४, ९८५७६५००९३

ढुम्बा खोलामा पूर्ण लेदो सहितको बाढी (भिडियो सहित)

जोमसोम । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको ढुम्बा खोलामा आज बिहान ८ः३० बजे पूर्ण लेदो सहितको बाढी आएको छ।

श्रावण २३ गतेमात्र एक जना युवा च्याउ टिप्न जाने क्रम्ममा ढुम्बा खोलाले बगाएको थियो । बागलुङ जिल्ला निसी खोला गाउँपालिका ६ घर भइ हाल मुस्ताङको घरपझोङ ५ फेन्ताङस्थित इको ब्रो कृर्षि फार्ममा विगत छ महिनादेखि कार्यरत अन्दाजी २३ वर्षिय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएका थिए । मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा आठ जनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य भइरहेको छ ।

लेदो सहितको बाढी आए लगतै जिल्ला प्रशासन कार्यालय मुस्ताङले खोला किनारमा रहेका मानिसहरुलाई उच्च शर्तक्ता अपनाउन अनुरोध गरेको छ । लेदो सहितको बाढीले हाल सम्म केहि क्षति नभएकोे जानकारी स्थानिय गौरब मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्