लोप हुने खतरामा मुस्ताङमा फल्ने स्थानीय स्याउ

 

स्याउको जिल्ला भनेर चिनिने हिमाललपारिको जिल्ला मुस्ताङमा स्थानीय स्याउको उत्पादन मासिने अवस्थामा रहेको छ । बढ्दो रुपमा उच्च घनत्व प्रविधिमा आधारित (हाईब्रिड) जातका बिरुवाहरु लगाउनाले स्थानीय स्याउ लोपहुने हुने अवस्था रहेको किसानहरुको गुनासो छ ।

रोपेको २ वर्षमै फल दिने भएकाले उच्च घनत्व स्याउको माग किसानहरुमा बढी भएता पनि स्वादको हिसाबमा त्यति मिठो नरहेको किसानहरु बताउछन् । स्याउको बजारमा व्यापक माग रहेको र स्थानीय स्याउबाट उत्पादन कम हुदै गएको कारणले उच्च घनत्व प्रविधिमा आधारित (हाईब्रिड) जातका बिरुवाहरु रोप्नु परेको किसानहरु बताउछन् । मुस्ताङमा स्याउ खेती शुरू गरिएको आधा शताब्दी नाघिसकेको छ । त्यहाँ स्याउको खेती गर्ने छेत्रफल पनि बढ्दैछ । तर उत्पादन र उत्पादकत्व त्यही अनुपातमा नबढेको र पहिले गुणस्तरीय उत्पादन हुने क्षेत्रमा स्याउ हुन छाडेको कृषकहरू बताउँछन् ।

मुस्ताङमा पछिल्लो समय १ हजार ४ सय ९५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भईसकेको छ । जसमध्ये ५ सय ८५ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । मुस्ताङमा मुख्य गरी उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउ उत्पादन हुन्छ । यस्तै उच्च घनत्व प्रविधिमा आधारित (हाईब्रिड) जातका गाला, फुजी, किङरोट, जोनाप्रिन्स, गोल्डेन डेलिसियस र रेड डेलिसियस स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङको भनाई छ ।

जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव हिन्दु कुश हिमाली क्षेत्रमा देखिन थालेको भनी यस क्षेत्रका विज्ञहरूले सचेत गराउँदै आएका छन् । मुस्ताङमा व्यवसायिक रूपमा स्याउ खेती गर्दै आएका कृषकहरू त्यस क्षेत्रमा पानी पर्ने प्रकृतिमा पछिल्लो समय फरक आएको र त्यसले स्याउको गुणस्तरमा पनि परिवर्तन ल्याएको बताउँछन् ।

पहिले बढी हिउँ परेर स्याउका लागि अनुपयुक्त माथिल्लो मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुन्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको माथिल्लो भेकमा स्याउ खेती हुन थालेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । जललवायू परिवर्तनको कारणले हिमाली जिल्लाहरुमा थुप्रै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पारिरहेको छ त्यस्को उदाहरण हो मुस्ताङको तल्लो स्थानमा हुने स्याउहरुको जात माथिल्लो स्थान तर्फ फल्न थालेको छ । स्थानीय स्याउको उत्पादनमा कमी आउनु यतिखेरको समस्या हो । बढ्दो तापक्रम र कम हिमपातको कारणले पनि तल्लो भुभागमा स्थानीय स्याउबाट बढि उपभोग गर्न नसकिएको किसानहरु बताउछन् ।

हरेक बर्ष मंसिरको अन्तिम साताबाट हिउ पर्न सुरु हुने मुस्ताङमा बिगत केहि बर्षदेखि हिमपात नै भएको छैन् यसको प्रत्यक्ष असर स्याउ किसानहरुलाई पर्न गएको छ । नेपालको मरूभुमि भनेर चिनिने मुस्ताङमा अहिले अतिबृष्टि हुन थालेको छ । भूक्षय र ठुलो बाढी आउने कारणले पनि ठुलो मात्रामा स्याउको उत्पादन घट्न पुगेको छ । साथै साना खहरे खोलाहरु उर्लेर आउने जस्ता समस्याहरुले खेति गर्ने किसानहरुलाई मर्का पर्न गएको छ । जलवायु परिवर्तनका कारण भएको तापमान वृद्धिको असर हिमाली क्षेत्रमा तुलनात्मक रूपमा बढी रहेको विज्ञहरूले बताउदै आएका छन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
1
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *