२०८२ असार १७
९८५७६५०३३४, ९८५७६५००९३

आलु खेतीमा रमाउदै उपल्लाे मुस्ताङका कृषक

 

मंसिर १८, जाेमसाेम/सुख्खा पठारको रुपमा रहेको उपल्लो मुस्ताङका किसानले बाँझो जमिनमा आलु खेती गर्न थालेका छन् ।

सरकारले कृषि क्षेत्रको समुन्नत विकास तथा प्रवद्र्धनमा खेर गइरहेको जमिनलाई उपयोगमा ल्याएर गरिव तथा विपन्न कृषकहरुको जीविकोपार्जनमा परिवर्तन ल्याउन पहल गरेसँगै लोमान्थाङ गाउँपालिका ३ का किसानहरूआलु खेतीमा आर्कषित भएका हुन ।आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले साना व्यवसायिक कृषि उत्पादन पकेट क्षेत्र विकास कार्यक्रमको सशर्त अनुदान २४ लाख र स्थानीय ठेकार कृषक समूहको १८लाख ३० हजार लागतमा सामूहिक आलु खेती गरी पकेट क्षेत्रको स्थापना गरिएको हाे।

ठिङ्गरमा सामूहिक आलु खेती गर्न शुरुभए संगै उनीहरुको जमिन हरियालीमा परिणत भएको छ । अहिले उक्त क्षेत्रमा  मौसम अनुसारका विभिन्न तरकारीहरु पनि उत्पादन गर्ने तयारी गरेको ठिङ्गरका किसानहरु बताउछन् । ठेकार कृषक समूह दर्ता गरी ७० रोपनी जमिनलाई चक्लाबन्दी गरी सम्याएर खेतीयोग्य भूमिमा बिस्तार गरेको लोमान्थाङ गाउँपालिकाका कृषि शाखा अधिकृत निराजन कटुवालले बताए।

ठिङ्गरका १३ घरधुरीले गरेको सामूहिक आलु खेती अहिले जिल्लामै उदाहरणीय बनेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ का लागि थप ३० रोपनी जग्गा विस्तार गर्न १२ लाख बजेट विनियोजन गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ।

कार्यक्रम संचालन भएको पहिलो वर्षमै करिव ५ हजार किलाे आलु उत्पादन गरेको ठेकार कृषक समूहका अध्यक्ष कर्मा सम्टुक गुरुङले जानकारी दिए।प्रतिकेजी ६० रुपैयाँका दरले गाउँमै बिक्री गर्दा करिब ३० लाख रुपैयाँ बराबरको आम्दानी भएको उनले बताए । पहिलो वर्षमै राम्रो प्रतिफल दिएकाे भन्दै बाँझो जमिनमा आलु फल्दैन कि भन्ने चिन्ता थियो राम्रो उत्पादन भए पछि सबै उत्साहित छाै ।अहिले सामूहिक खेतीलाई विस्तार गर्दै १ सय रोपनी जमिनमा आलु खेती विस्तार गर्ने योजना रहेको उनले बताए ।

त्यहा स्थानीय जातको सेतो आलु खेती गरिएको कृषि शाखाका प्रमुख कटुवालले जानकारी दिए। एक बालीमात्र उत्पादन हुने त्यस क्षेत्रमा आलु खेतीबाट राम्रै आर्थिक फाईदा हुने भएकाले किसानहरु आलु खेती बिस्तारमा लागेका हुन् ।आलु खेतीका लागि चाहिने मल भेडा, च्यांग्रा, झोपा, याक, चौरीबाट उत्पादन गर्न सकिने भएकाले पनि आलु खेती गर्न सजिलाे भएकाे स्थानीय कृषक राजु गुरुङले जानकारी दिए । स्थानीय जातकाे सेतो आलुको माग जिल्लामै उच्च भएकाले बजारीकरणका लागि समस्या नभएको बताए । उपल्लो मुस्ताङमा खेतीयोग्य जमिन ज्यादै न्यून छ । त्यहाँ उत्पादन भएको आलु देशका बिभिन्न ठाँउमा पुग्ने गरेको स्थानिय ब्यापारीहरु बताउछन् । आलु उत्पादनमा लागेका किसानहरुले आलु खेतिकाे व्यवस्थापन, मलजल, खनजोत र बजारीकणका लागि सामूहिक रुपमा खटिने र आम्दानीको नाफा पनि सामान रुपले वितरण गर्ने गरेका छन्

 

प्रतिक्रिया दिनुहोस्