
मंसिर १७,जाेमसाेम / बिहानैबाट हिमाली जिल्ला मुस्ताङमा हिमपात भई रहेको छ । हिजाे सम्म मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो ।
जिल्लाका अधिकांश भूभागमा हिमपात भई रहेको छ । हिमपातसँगै चिसो बढेपछि हाल मुस्ताङको तापक्रम माईनस ७ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने पशु चौपायालाई समेत समस्या भएको छ । यति बेला मुस्ताङमा गहुँ जौ, उवा छर्ने समय भएकाले किसानहरू भने खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्