
मंसिर१२जोमसोम/उपल्लो मुस्ताङको चराङ,सुर्खाङ कच्ची सडकमा जीप दुर्घटना हुँदा एक जना यात्रु घाईते भएका छन् । याराबाट जाेमसाेम आउँदै गरेको ग१ज ६९१५ नम्बरको जीप लोघेकर दामोदरकुण्ड गाउँ पालिका ४ काे एक्लेभट्टीमा जिप अनियन्त्रित भई सडककाे बाँयातर्फ पल्टिदा उपल्लो मुस्ताङ याराका ५८ बर्षिय सोनाम छितेन गुरुङ घाईते भएकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।उनका अनुसार गुरुङको शरिरको भित्री भागमा चोटपटक लागेको र अन्य यात्रु भने सामान्य रहेको बताएको छ ।दुर्घटनाको खबर पाए लगत्तै गएकाे प्रहरी टोलीले घटनास्थल पुगी घाईतेहरुकाे उद्दार गरेकाे थियाे ।घाईतेलाई उपचारका लागि मुस्ताङ अस्पतालमा पठाएकाे मा यहाँ उपचार संम्भव नभए पछि थप उपचारका लागि पोखरा पठाएकाे जिल्ला अस्पतालले मुस्ताङले जनाएकाे छ।लोघेकर दामोदरकुण्ड गाउँ पालिकाकाे वडा नं ४ याराबाट पाेखराकाे लागि छुटेकाे जिप दुर्घटनामा परेकाे हाे।
दुर्घटनामा परेकाे जीपका चालक निसीखोला गाउँ पालिका ६ का दुधमान घर्तीलाई अाबश्यक साेधपुक्षका लागी नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ।जिपमा ९ जना यात्रु सवार रहेकाे थिए।
प्रतिक्रिया दिनुहोस्