२०८१ कार्तिक २०
९८५७६५०३३४, ९८५७६५००९३

राष्ट्रिय गौरवको आयोजनामा समावेश भए तिन रंगशाला

 

कात्तिक २३, काठमाडौं ।आज बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माणकाे काम अघि बढाउने निर्णय गरेकाे छ।

मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाे हाे । सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पछिल्लाे समय क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन् ।

यसअघि टी-२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकैअवस्थामा भए पनि रंगशाला बनाउने बताएका थिए । यसै हप्ता नेपालमा भएकाे छनाेट खेलमा  आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्