पोखरामा २४ तोला सुनसहित एक महिला पक्राउ

प्रबिन पाण्डे

पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छन्।

पोखरा बसपार्कमा बिहीबार बिहान साढे ७ बजे काठमाडौंबाट पोखरा आएको बस चेकजाँच गर्ने क्रममा एक महिलालाई २८० ग्राम २८ मिलिग्रामको सुन सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ छन्।उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा आएकि थिइन्। उनले सुन ल्याएर आएको विशेष सूचना प्रहरीले पाएको थियो।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा प्रहरीको टोली खटिएको थियो। गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।

उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *