दोलखामा पहिरो ; एक बालकको मृत्यु, तीन जना बेपत्ता

अजय नेपाली

श्रावण १९, २०८० । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा पहिराले घर बगाउदा एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बिहीबार रातिको अविरल बर्षापछि आएको पहिरोमा परी टोपाटारका कृष्ण बहादुर मगरको घर बगाउदा कृष्णबहादुरसँगै उनको श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता छन् भने कृष्ण बहादुरको तीन वर्षको छोरा प्रिन्स मगर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो ।

पहिरोले स्थानीय यज्ञ थामी, टपेन्द्र गुरुङ र घनश्याम खत्रीको घर समेत पूर्ण रुपमा क्षति पुगेको वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । पहिरोमा परी यज्ञ थामी, उनको श्रीमती धनकुमारी थामी तथा बुहारी घाइते भएको वडा अध्यक्ष शेर्पाले बताउनु भयो । घाइतेलाई उद्धार गरी हेलिकप्टरबाट उपचारको लागि काठमाडौँ लाने तयारी भई रहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

पहिरोले १५ भन्दा बढी घरहरू जोखिममा रहेको र पुल समेत बगाएकोले उद्धारमा कठिनाइ भएको स्थानीयको भनाई छ । अहिले जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलिले खोज तथा उद्धारको काम गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *