२०८१ माघ ८
९८५७६५०३३४, ९८५७६५००९३

प्रा. वि. प नेपालको राष्ट्रिय परिषद् शुभारम्भ

भूपेन्द्र महरा

पोखरा, ५ श्रावण । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय परिषद् बैठक शुक्रबार पोखरामा शुभारंभ भएको छ । राष्ट्रिय परिषद् बैठको भोलि समापन हुने छ।

विद्यार्थी परिषद्को आगामी दिशा नीति कार्ययोजना अन्य विधिध विषयमा योजना तयार गर्ने उद्देश्यका साथ पोखरामा श्रावण ५ र ६ गते विद्यार्थी परिषद्ले राष्ट्रिय परिषद् बैठक सञ्चालन गरेको हो ।

शुक्रबार र शनिबार पोखरा १७ स्थित मानव मिलन केन्द्र जैन भवनमा ओैपचारिक रूपमा सुरू भएको राष्ट्रिय परिषदमा देशभरबाट राष्ट्रिय परिषद्का प्रमुख सदस्यहरू एवं परिषद्का राष्ट्रिय पदाधिकारीहरूको विशेष उपस्थितिमा कार्यक्रम सञ्चालन भएको विद्यार्थी परिषद् गण्डकी प्रदेशले जनाएको छ ।

राष्ट्रिय परिषदमा गत वर्ष फागुन ६ र ७ गते ललितपुरमा सम्पन्न शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा विषयक राष्ट्रिय शिक्षा कार्यशालाबाट आएका निष्कर्ष र सुझावहरू समेटी तयार गरिएको पुस्तकको निष्कर्ष एवम् सुझावको पनि विमोचन गरिएको छ ।

परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, राष्ट्रिय उपाध्यक्ष डा. दयाराम भुसाल, राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र राष्ट्रिय सचिव जानकी आचार्यज्यूले उक्त पुस्तक विमोचन गर्नु भएको थियो ।

परिषद्ले साउन ५ र ६ गते सञ्चालन गर्ने राष्ट्रिय परिषदमा २०८० सालमा हुने एक दिवसीय अभ्यास वर्ग, सदस्यता अभियान, जिल्ला आवसीय अभ्यास वर्ग, राष्ट्रिय छात्रा कार्य, जनजाति विद्यार्थी कार्य, कार्यालय कोष वार्षिक आय व्याय विवरण एवम् लेखापरीक्षण, राष्ट्र व्यापी शैक्षिक अभियान, शिक्षा कार्यशाला, शिक्षक संवाद, आयाम गतिविधिहरू, केन्द्रीय कार्यकारिणी समिति बैठक मिति स्थान, सेवा र विकासका लागि युवा,द्वैमासिक छात्र विचार पत्र पत्रिका र मिडिया कार्य, केन्द्रीय प्रवास योजना जस्ता विविध विषयहरूमा बृहत छलफल एबम् आगामी दिशा बारेमा निर्णय गर्ने परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्