२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

आसन्न स्वबियु निवार्चनको लागि तेज निरला जनहित बहुमुखी क्याम्पसमा बिद्यार्थीहरूले संगठन दर्ता गरे

चुनाव आगामी चैत ५ गते हुने कुरा कार्यतालिकामा रहेकोछ ।

फागुन १९ जोमसोम मुस्ताङ यतिखेर हिमालपारिको जिल्ला मुस्ताङमा पनि २०७९ चैत्र ५ गते हुन गईरहेकोआसन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि तेज निरला जनहित बहुमुखी क्याम्पसमा ४ वटा बिद्यार्थी संगठन दर्ता भएका छन् । शुक्रबार तोकिएको समय भित्र क्याम्पसमा चारवटा फरक बिद्यार्र्थी संगठनहरूले आफ्ना संगठन दर्ता गराएको क्याम्पस प्रमुख तथा निर्वाचन अधिकृत अजित थकालीले बताए ।

प्रमुख थकालीले दिएको जानकारी अनुसार रुपिका थकाली क्याम्पस कमिटी अध्यक्ष रहेको नेपाली कांग्रेस निकट नेविसंघ, अमिसा तिलीजा क्याम्पस कमिटी अध्यक्ष रहेको नेकपा एकिकृत समाजवादी अनेरास्ववियु ,राजिब बिक अध्यक्ष रहेको अखिल (क्रान्तिकारी बिप्लब ) र जिवन गोतामे जिल्ला संयोजक रहेको नेकपा एमाले निकट अनेरास्ववियु दर्ता भएको प्रमुख थकालीले बताए ।

अनेरास्ववियू जिल्ला कमिटी मुस्ताङका अध्यक्ष आदित्य रसाइलीले जानकारी दिए अनसार नेविसंघ, अनेरास्ववियू , अखिल (क्रान्तिकारी बिप्लब) र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी गठबन्धन गर्ने कुरा बताएका छन् भने आसन्न चुनावमा नेकपा एमाले निकट अनेरास्ववियु भने एकल चुनाव लडने भएको छ । साथै स्ववियु चुनाव आगामी चैत ५ गते हुने कुरा कार्यतालिकामा रहेकोछ ।

मुस्ताङमा रहेको एकमात्र सामुदायिक क्याम्पसमा सबै प्रकृया पुर्याएर बिधिवत रूपमा स्वबियु निवार्चन सम्पन्न गराई क्याम्पसका बिद्यार्थीहरूको हकहितको लागि साथ दिएर अगाडी बड्ने कुरा क्याम्पस प्रमुख थकालीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्