
अभिनेता पल शाह रिहा भएका छन् । एक बर्षदेखी तनहुँ कारागारमा रहेका अभिनेता पल शाहलाई आइतबार जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले सफाइ दिएपछि रिहा भएका हुन् । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनीविरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसविरुद्ध उनी उच्च अदालत गएका थिए । यसअघि उनले तनहुँ जिल्ला अदालतबाट सफाई पाई सकेका छन् । नावालिग माथी बलात्कार गरेको आरोपमा उनी गत बर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाह माथी झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्